Friday, August 30, 2013

भिडियोहरु,

http://www.youtube.com/watch?v=VUuanjSu1vE

मेरा केहि गजलहरु,

सुकेको नयनबाट, आसु झार्छौ कसरी...#??? जली सके चाहनाहरु, बाल्छौ कसरी...#??? टुक्रिसकेको मुटुलाई, फोर्छौ कसरी...#??? सम्झनामा कोइ छैन, भुल्छौ कसरी...#??? मरुभुमी धरातल्मा, रोप्छौ कसरी...#??? उजाडछ मन्को बगान, गोड्छौ कसरी...#??? मोरिसकेको आत्मलाई, मार्छौ कसरी...#???

Tuesday, August 20, 2013

भिडियोहरु,

मेरा केहि गजलहरु,

कोहि आए बुद्धु भएर कोहि आए ज्ञानी भएर
कोहि निकै कन्जुस त कोहि निकै दानी भएर

किन? हुनु बिना अर्थ अरुका आँखामा कसिंगर
बरु म त बस्छु आनन्दले आँखाको नानी भएर

ओ! प्रिय आगो मात्र भएर कसरि चल्छ जीवन?
चलाउनु पर्छ जीवन कैले आगो कैले पानी भएर

उपहारमा मुटु दिने भएकोछु लिन्छौ कि नाइँ?
आखिर यो जीवन जाने रहेछ नि खरानी भएर

कसम यो पिइ रहने लत छोड्न नै सकेंन मैले
'रोहित' निकै बिग्रियो भन्छन् पिउने बानी भएर

मेरा केहि गजलहरु,



 डेरा नभै मायालुको घर पो खोज्दै छु
 नाम नभै बिहे चल्ने थर पो खोज्दै छु

 चिलाउने त्यो लाकुरी हैन रानी सल्ला
 चौतारीमा पिपलको वर पो खोज्दै छु

 चाहिएन घैंटो घ्याम्पो अन्य भाँडा कुडा
 ढुंगालाई त्यो माटोको भर पो खोज्दै छु

 साल्को पात सल्लेपिर किन चाहियो र
 वर्षातमा घर छाउने खर पो खोज्दै छु

 दही मही नाना थरि परिकार हैन
 घ्यूको लागी त्यो दुधको तर पो खोज्दै छु

 डेरा नभै मायालुको घर पो खोज्दै छु
 नाम नभै बिहे चल्ने थर पो खोज्दै छु

मेरा केहि गजलहरु,

 
धम्काउँछ मलाई बारम्बार उसले॥"
"तै"नै होस भन्दै पत्रकार उसले॥

तेरो सारा परिवार मारीदिन्छु भन्दै॥...
पठाउँयो फिरौतीको समाचार उसले॥

शुपथ अनि सौलियतको नाम दिएर॥
गर्यौ कालो बजारको ब्यापार उसले॥

नारीहरू आमा समान हुन भन्थ्यौ॥
उनकै अस्मितामा गर्यौ प्रहार उसले॥

असल मित्रताको नाता तोडेर आज॥"
बनायो मलाई ठुलो गद्दार उसले॥

मेरा केहि गजलहरु,

हाँस्नै पर्छ जीन्दगीमा, जती चोट लागे
पनी दुख्ने मुटु
दुखिरन्छ्, आफै संग भागे पनी !!
भन्छन सबै मर्छु म त, तिमीलाई न
पाएपछि !...
भने जस्तो कहाँ हुन्छ, पाउने ईछ्या जागे
पनी !!
हुने कुरा भई हाल्छ, समय नै ओखती हो !
फर्कीदैन हिजो फेरि, संसार नै त्यागे
पनी !!...
सबै कुरा कहाँ दिन्छन, चाहे
जती मानीसलाई !
हातै जोडि फूलपातीले, देउता संग मागे
पनी !!
देखि राम्रो उफ्रिदैमा, जुनलाई छुन
सकिदैन!
टेक्नु पर्ने धर्ती मै हो, जती फड्को नागे
पनी!!