Thursday, September 5, 2013
मेरा केहि गजलहरु,
छमछम नाँच न प्यारी तीज आउदै छ ।।
कम्मर भाँच न प्यारी तीज आउदै छ ।।
कति धाउछौ शिब मन्दिर ब्रत बसी ।।
अब बर माग न प्यारी तीज आउदै छ ।।
म जस्तो बर पाउँदा नी तिमी मान्दिनौँ ।।
अब बिहे आँट न प्यारी तीज आउदै छ ।।
तिम्रो उमेरले डाडाँ काटिसक्यो म सगँ ।।
नयाँ नाता गाँस न प्यारीतीज आउदै छ ।।
मेरा केहि गजलहरु,
बुबा दूर-दराजमा, म बिरानो शहरमा
परिबन्धले छेक्छ मलाई हरेक रहरमा
कुन मुखको कुरा गरौँ अनि मुहारको,
उनै यादका तस्वीरसँग बोल्छु हर् प्रहरमा !
मेरा केहि गजलहरु,
सरकारमा छन् बन्दुकधारी , के नै होला र खै !
अख्तियारमा भ्रष्टाचारी , के नै होला र खै !
पीडा बोकी बाँचेका छन्, चेलीहरु सधैँ
पुलिसमा छन् बलात्कारी , के नै होला र खै !
अशिक्षित र अदक्ष छन्, बुढाहरु हाम्रा
बोकेका छन् देशको भारी, के नै होला र खै !
संबिधान बनाउँन, लागे हुन्थ्यो युवा
बसेका छन् गोरु नारी, के नै होला र खै !
मेरा केहि गजलहरु,
मन साह्रै खिन्न भयो आँशु झरेपछि
धोका दिई वैगुनिले खोली तरेपछि
हेरिरहे पारीसम्म फर्किन्छे कि भनी
दिल टुट्यो साथ छुट्यो साँझ परेपछि
स्वार्थी रैछ पापीनी त बल्ल थाहा पाए
चढ्दै गर्दा शिखरबाट भुँईमा लरेपछि
साँचो माया लत्याएर दिलै तोडि जाँदा
कस्को केनै लाग्दो रैछ भाग्य हरेपछि
खुसी हुनु रमाउनु पराईको अँगालोमा
मेरो मन्को मन्दिरबाट बसाई सरेपछि
मेरा केहि गजलहरु,
तिम्ले पनि कसै संग माया ला'को भए।
भन्नु कसम मस्किएर छेउमै आ'को भए।।
चुँडीदैन पिरतीको सुन्दर माला कहिल्यै,
दुई ज्यान बाटिई बनाईएको एउटै धागो भए
Monday, September 2, 2013
मेरा केहि गजलहरु,
"कहिले आँसु सुकेर रोएँ,
कहिले मुटु दुखेर रोएँ !!
हिड्दा हिड्दै ठेस लागे कति,
कहिले शीर झुकेर रोएँ !!
सोंचेको सबै पुग्छ र कहाँ,
कहिले आँफै चुकेर रोएँ !!
रुँदा गलेर थाक्न पाइन,
कहिले भाग्य थुकेर रोएँ !!
रुवाइको त ठेकान हुँदो न रै'छ,
जहिले रोएँ लुकेर रोएँ...!!!
Sunday, September 1, 2013
मेरा केहि गजलहरु,
तिमी छ्यौ र फेशबुकमा जिउँन मन
लाग्छ...
दश ठाउँमा फाटेको मनलाई
सिउँन मन लाग्छ.....
तर तिमीले अर्कैलाई हाई भन्दा खेरी
कुना बसी दुई चार गिलास रक्सी पिउँन
मन लाग्छ!!
मेरा केहि गजलहरु,
फाटेको यो मन मुटु गासौ कसरी !
मन भरि पीडा बोकी हासौ कसरी !!
पिंजडाको चरी जस्तै भई बस्नु पर्दा !
घाइते भई एक्लै यहाँ नाचौ कसरी !!
हरपल तिम्रै यादले धड्किदिन्छ मुटु !
चोखो माया धड्कनको जाचौ कसरी !!
बाध्यताले टाढा भई एक्लै बस्नु पर्दा !
मुटु भित्र तिम्रो तस्बिर टासौ कसरी !!
सँगै बस्ने चाहाना हुदाहुदै छुट्नु पर्दा !
मन भित्रका रहर मेरा मासौ कसरी !!
मेरा केहि गजलहरु,
फाटेको यो मन मुटु गासौ कसरी !
मन भरि पीडा बोकी हासौ कसरी !!
पिंजडाको चरी जस्तै भई बस्नु पर्दा !
घाइते भई एक्लै यहाँ नाचौ कसरी !!
हरपल तिम्रै यादले धड्किदिन्छ मुटु !
चोखो माया धड्कनको जाचौ कसरी !!
बाध्यताले टाढा भई एक्लै बस्नु पर्दा !
मुटु भित्र तिम्रो तस्बिर टासौ कसरी !!
सँगै बस्ने चाहाना हुदाहुदै छुट्नु पर्दा !
मन भित्रका रहर मेरा मासौ कसरी !!
Subscribe to:
Posts (Atom)