मन साह्रै खिन्न भयो आँशु झरेपछि
धोका दिई वैगुनिले खोली तरेपछि
हेरिरहे पारीसम्म फर्किन्छे कि भनी
दिल टुट्यो साथ छुट्यो साँझ परेपछि
स्वार्थी रैछ पापीनी त बल्ल थाहा पाए
चढ्दै गर्दा शिखरबाट भुँईमा लरेपछि
साँचो माया लत्याएर दिलै तोडि जाँदा
कस्को केनै लाग्दो रैछ भाग्य हरेपछि
खुसी हुनु रमाउनु पराईको अँगालोमा
मेरो मन्को मन्दिरबाट बसाई सरेपछि
No comments:
Post a Comment