फाटेको यो मन मुटु गासौ कसरी !
मन भरि पीडा बोकी हासौ कसरी !!
पिंजडाको चरी जस्तै भई बस्नु पर्दा !
घाइते भई एक्लै यहाँ नाचौ कसरी !!
हरपल तिम्रै यादले धड्किदिन्छ मुटु !
चोखो माया धड्कनको जाचौ कसरी !!
बाध्यताले टाढा भई एक्लै बस्नु पर्दा !
मुटु भित्र तिम्रो तस्बिर टासौ कसरी !!
सँगै बस्ने चाहाना हुदाहुदै छुट्नु पर्दा !
मन भित्रका रहर मेरा मासौ कसरी !!
No comments:
Post a Comment