"कहिले आँसु सुकेर रोएँ,
कहिले मुटु दुखेर रोएँ !!
हिड्दा हिड्दै ठेस लागे कति,
कहिले शीर झुकेर रोएँ !!
सोंचेको सबै पुग्छ र कहाँ,
कहिले आँफै चुकेर रोएँ !!
रुँदा गलेर थाक्न पाइन,
कहिले भाग्य थुकेर रोएँ !!
रुवाइको त ठेकान हुँदो न रै'छ,
जहिले रोएँ लुकेर रोएँ...!!!
No comments:
Post a Comment