छमछम नाँच न प्यारी तीज आउदै छ ।।
कम्मर भाँच न प्यारी तीज आउदै छ ।।
कति धाउछौ शिब मन्दिर ब्रत बसी ।।
अब बर माग न प्यारी तीज आउदै छ ।।
म जस्तो बर पाउँदा नी तिमी मान्दिनौँ ।।
अब बिहे आँट न प्यारी तीज आउदै छ ।।
तिम्रो उमेरले डाडाँ काटिसक्यो म सगँ ।।
नयाँ नाता गाँस न प्यारीतीज आउदै छ ।।
No comments:
Post a Comment