सरकारमा छन् बन्दुकधारी , के नै होला र खै !
अख्तियारमा भ्रष्टाचारी , के नै होला र खै !
पीडा बोकी बाँचेका छन्, चेलीहरु सधैँ
पुलिसमा छन् बलात्कारी , के नै होला र खै !
अशिक्षित र अदक्ष छन्, बुढाहरु हाम्रा
बोकेका छन् देशको भारी, के नै होला र खै !
संबिधान बनाउँन, लागे हुन्थ्यो युवा
बसेका छन् गोरु नारी, के नै होला र खै !
No comments:
Post a Comment