Thursday, August 15, 2013

मेरा केहि गजलहरु,

ईशाराले नबोलाउ देख्लान् कसैले।।
समाचार जता सुकै लेख्लान् कसैले।।
हल्ला खल्ला भयो भने आज बाटोमा।।
मेरो मुटु तिमी लाई छेक्लान् कसैले।।
अजम्बरी नाता हाम्रो सयौं जुनीको।।
प्रेम कथा जीवनको मेट्लान् कसैले।।
चिरा चिरा मुटु पारी सारा जिन्दगी।।
चोखो माया प्रेमलाई रेट्लान् कसैले।।

No comments:

Post a Comment