गजल
सानु तिम्रो त्यो खाली सिउँदो भरुँ जस्तो लाग्छ ।।
तिम्रो योवनमा योवन रस छरुँ जस्तो लाग्छ ।।
बैशालु योवनले भरिएकी तिम्लाई भेट्दा ।।
तिम्रो ओठमा दरिलो चुम्बन गरुँ जस्तो लाग्छ ।।
तिमीलाई देख्दा यो मन बशमा हुदैन सानु ।।
तिम्रो योवनको पोखरीमा झरुँ जस्तो लाग्छ ।।
तिम्रो त्यो चन्चल गर्ने बानीले जिस्काउछ त ।।
तिम्रो नशेली नयनमा बसाई सरुँ जस्तो लाग्छ ।।
त्यो गुलाफी ओठ चुम्दा सधै ठोकीन्थ्यो तिम्रो नाक ।।
तिम्रो बैशालु नजरमा सधै परुँ जस्तो लाग्छ ।।
No comments:
Post a Comment