.
हेर्नुस अब अन्धकार दिउसै हुनेछ
उन्को र मेरो प्यार दिउसै हुनेछ
.
अचेल सबै सचेत हुन थाले रातमा
त्यसैले अब बलात्कार दिउसै हुनेछ
.
एक गिलास पिउँन अब साँझ कुर्नै पर्दैन
त्यहाँ मदिराको कारोबार दिउसै हुनेछ
.
आकाशका जरा भेट्न जमिन खन्नेहरु
तिम्रो सपना बेकार दिउसै हुनेछ
No comments:
Post a Comment