म आगो हु, बलाई दिन सक्छु ।
जोरी नखोज, जलाई दिन सक्छु ।
यती निस्टुरी नबन, तिम्रो मनलाई त के
मायाले पत्थर पनी , गलाई दिन सक्छु ।
प्रिय मैले जेजे भन्छु, सबै मान्छेउ भने
तिम्रो तालूमा आलू , फलाई दिन सक्छु।
नेपाल आमा भन्छिन “यो सुस्तामा”
लुटिएको इजत, कस्लाई दिन सक्छु ?
हाम्रो मायामा बैदेशिक, हस्तक्षेप भएमा
रेग्मी यो सरकार , ढलाई दिन सक्छु ।
भ्रस्ट्र यो सरकर ढलाउनु त के ठुलो कुरा
गजल लेखेर संसार, हल्लाई दिन सक्छु।
कमल यहाँ, तेरो दिल हरायो भन्दैमा
म कसरी आफ्नो दिल ‘त’लाई दिन सक्छु ?
No comments:
Post a Comment