मेरा केहि गजलहरु,
बसन्तको शितल पवन झै साथ दिनेछु
जुनको किरण बनी मायाको हात दिनेछु
तिम्रो मायामा डुबिसके दुनियाँ पर छोडी
समर्पणमा नाँउ लेख्ने हरियो पात दिनेछु
मायामा के हो र टुटी जाने बाचा कसम
जीवन नै सुम्पिएर मायालु मात दिनेछु
खुशी राखी तिमीलाई जुनिभर समिपमा
रुवाउने पिडालाई हराउन मेरो लात दिनेछु
तिमीबिना बाँच्ने कल्पना छैन अरु नसोच
मुटु साँचि राखेर अटुट बन्धनको बात दिनेछु
No comments:
Post a Comment