मेरा केहि गजलहरु,
बिउँझिएँ बीचमै रात आधा बाँकी छ
भन्न सकिँन पूरै बात आधा बाँकी छ
होसमा आउने कुरा गर्दै नगर भो
हिजो राति पिएको मात आधा बाँकी छ
मेटिसकेपछि बल्ल थाहा पाएँ मैले
तिमीले नै दिएको घात आधा बाँकी छ
प्यूँदा प्यूँदै सबै गुमाएछ नभन्नू है
फ्याँक्या छैन अझै नि जात आधा बाँकी छ
No comments:
Post a Comment