संसारी
माया विचीत्र मरेर केपो लान्छर, नगर बेर्थै लोभि मन छोडेर जान्छ बेर्थैको
धन, आखिर एक पेट खानु छ हासि खुसि जुउनु छ, अर्धम कहिलै नसोच्नु सके पुर्णे
कमाउनु।
हरियाली रानी वन शन्तोस राख्नु आफ्नै मन, नराम्रो कहिलै नसोचौ दुखको बिउलाई नछरौं, नराम्रो हुन्छ पापिको मन नरमाउनु वेर्थै मन, लोभिको हुन्छ धेरै धन हुदैन सत्य उसको मन।
मृत्युको
चक्र छलोकमा जन्म मृत्यु यो लोकमा, अरुलाई आखाँ नतर्नु कुविचारले नहेर्नु,
मायाले हेर्नु सबैलाई शत्रु मित्र दुबैलाई, दुष्ट बिचार हटाउनु ज्ञानी बनि
मन जित्नु।
हिडौं
शान्तिको बाटोमा छोडी असत्य मार्गमा. उच्च राखौं आफ्नै मन सत्य गरौं आफ्नो
काम, नजलाउनु हरियो वन नरुवाउनु अरूको मन. सके सवको भलो सोचौं कुभलो कहिलै
नसोचौं।
बत्ति
बालौं मन्दिरमा पुर्णे कमाउने खातिरमा, शुद्ध मनले ध्यान गरौं सत्यको
बाटोमा मन डोर्याऊ, बाटोमा काडा हटाउ सुन्दर फुल फुलाऊ, मान्छेमा भेदभाव
नगरौं कुबिचारलाई सुधारौं।
वैगुनीलाई
गुन गर्नु रिस राग फाल्दिनु, नदिनु दुख कसैलाई धनि गरिब दुबैलाई, बिचार
ठुलो लिएर सवलाई माया गरेर, अमुल्य बन्छ जीवन यो राम्रो काम गरेर।
हिरामति
भन्दा महङ्गो यो अमुल्य छ है जीवन यो, संसार छ है विचीत्र राम्रो सोचौं मन
भित्र, मनमा धर्म भरेर हिडौं धर्म गरेर, गरौं मनलाई फुलजस्तो पुणिमाको जुन
जस्तो।
सरिर
पापले भरे त जादैन सागर तरेर, सङ्लो राख्नु जल जस्तो नपार्नु धमिलो हिलो
जस्तो, सोच्नु हुन्न अधर्म मनमा राख्नु सदकर्म, धर्मले गर्छ सवको हित ईस्वर
सित लाउनु मित।
पञ्च
तत्वले बनेको खै कस्तो मान्छेको शरिर यो, कुन दिन मर्छ थाछैन मरेर जन्मिने
हो कि होइन्, यस्तो मान्छेको चोलामा मनलाई राखौं धर्ममा, शरिर त एकदिन
मर्नु छ ढुङ्गा माटोमा मिल्नु छ।
आत्मात
उढेर गइजान्छ पापलोक भए रहिरहन्छ, उढेर जाने यो आत्मा पुगिन्छ कुन्नी कुन
ठाउँमा, शरिर त आगोले खाइजान्छ खरानि पो भई जान्छ, धर्म गरे स्वर्गमा पाप
गरे नर्कमा।
शरिर
हाम्रो बोट जस्तो मक्केर जाने ठोट जस्तो, शरिर त जान्छ ढलेर आत्माले जान्छ
छोडेर, आफन्तको रूवा बास आखिरिमा खरानुको रास. यमदुत सँग जोडेउ मित
मृत्युसँग हुदैन जित।
यो
मान्छेको आत्ममा पुर्णे र अमृत भरेमा, सुन्दर मान्छेको आत्मा त पुगिन्छ
स्वर्गद्दारीमा, आफ्नै धर्मको कर्मले काटिन्छ पाप पुर्णेले, मनमा धर्म भरेर
जानुस स्वर्ग तरेर।
आत्मा
उडि गइगयो हावा सरि भइगयो, कुन वेगमा उडेर कुन बेगमा पुगियो, धर्मले लान्छ
स्वर्गमा पापले लान्छ नर्गमा, धर्मको बाटो अङ्गालौं जुन तारा झैँ बनौं।
बाटोमा
फलेको फल जस्तो आमाले जन्म दिएको, सबैको जन्म यो भुमि बुद्धको जस्तो यो
जुनु, पुर्णे कमाउ धर्ममा यस्तो मान्छेको चोलामा, सबैमा धर्म फैलाऊ
जन्मसिद्धी गराऊ।
यस्तो
हाम्रो चोलामा दुधले भरौं तन मनमा, दुराचारि फालेर सदाचारि बनौन, सत्यलाई
अंगालौं मित्र भाव बढाऊ, ॐ ॐ जब गर्दै देब लोकमा पुगौन ।।।।।
सबार ब्रामण समाज नेपाल बाट
No comments:
Post a Comment