Tuesday, August 20, 2013

मेरा केहि गजलहरु,

कोहि आए बुद्धु भएर कोहि आए ज्ञानी भएर
कोहि निकै कन्जुस त कोहि निकै दानी भएर

किन? हुनु बिना अर्थ अरुका आँखामा कसिंगर
बरु म त बस्छु आनन्दले आँखाको नानी भएर

ओ! प्रिय आगो मात्र भएर कसरि चल्छ जीवन?
चलाउनु पर्छ जीवन कैले आगो कैले पानी भएर

उपहारमा मुटु दिने भएकोछु लिन्छौ कि नाइँ?
आखिर यो जीवन जाने रहेछ नि खरानी भएर

कसम यो पिइ रहने लत छोड्न नै सकेंन मैले
'रोहित' निकै बिग्रियो भन्छन् पिउने बानी भएर

No comments:

Post a Comment