Thursday, August 15, 2013

मेरा केहि गजलहरु,


राष्ट्रीय सम्पति माथी बर् म लुट हुँदै छ
नेताहरू जे गरे पनी यहाँ छुट हुँदै छ

बाध्यताको झोला बोकी गयौ प्रदेश ए कान्छा
भ्रष्टचारीहरू सबै यहाँ एक जुट हुँदै छ

जात धर्म होईन हामी सबै एउटै हो भन्थ्यो
तर आज भाई भाईमा कुटा कुट हुँदै छ

देश भक्त देखीने तिम्रा साथी भाई आज
लालचमा फुटेर अलग गुट हुँदै छ

हाम्रो देशको हालत सुध्रने छ ,तिमी भन्थ्यो
तर सिंगो देश टुक्रा टुक्रामा फुट हुँदै छ ।

No comments:

Post a Comment