जीवनको गति पढ्न खोलासँग मीत लाउँनु!
पहरामा बज्री खस्ने छाँगासँग मीत लाउँनु!
लहरको गीत लेख्छौ बगरको छाती टेकी!
प्यास बुझ्न बगरका ढुङ्गा सँग मीत लाउँनु!
आवोस आँधी उडोस
छानो भोली नयाँ छाप्रो हाल्छु!
जिन्दगानी पूर्ण भोग्न व्यथा सँग मीत
लाउँनु!
कुरूपताको सौन्दर्यले उन्यूँ देख्छु सुनाखरी!
कुरूप पनि सुन्दर देख्न "मीरा" सँग मीत
लाउँनु !
No comments:
Post a Comment